डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपाली समर्थकको भीड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०८१, मंगलवार
1 Min Read
Aa

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालले आज नेदरल्याण्ड्स सँग खेल्दै प्रतियोगताको उद्घाटन गर्दैछ।

नेपाली समय अनुसार राती अमेरिकाको डालसमा ९ः१५ बजे नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ। नेपालको खेलमा हेर्न ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपाली समर्थकहरुको भीड लागेको छ।

- Advertisement -
Ad image

१० वर्षपछि टी-२० विश्वकप क्रिकेटमा पुनरागमन गरेको नेपालको समर्थन गर्न समर्थकहरु रंगशाला पुगेका छन्। केही समयपहिला परेकाे वर्षाकाे कारण टसमा ढिलाइ भएकाे छ।

नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो। आजको खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ। काठमाडौंमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो।

नेपालले दोस्रोपटक टी-२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौंपटक सहभागिता जनाउँदैछ। नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन्। तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी-२० शृङ्खलामा नेदरल्याण्डले दुई खेल जित्दा नेपालले एक खेलमा जित हासिल गरेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्