टी-२० विश्वकप: नेपाल र नेदरल्याण्डसको भिडन्त आज, श्रीलंकामाथि दक्षिण अफ्रिकाको ६ विकेटको जित: अफगानिस्तान र युगान्डाको खेल जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०८१, मंगलवार
2 Min Read
Aa

काठमाडौं – जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको हो।

श्रीलंकाले दिएको केवल ७८ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो।

- Advertisement -
Ad image

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको श्री लंकाले १९.१ ओभरमा अल आउट हुदै ७७ रन मात्र बनाएको थियो। श्रीलंकाका लागि कुसल मेन्डिसले सर्बाधिक १९ रन बनाए भने एन्जोलो म्याथ्युजले १६ र कामिन्दु मेन्डिसले ११ रन बनाएका थिए।

श्रीलंकाले टी-२० विश्वकपमा बनाएको यो अहिलेसम्मको सबैभन्दा कम रन हो। त्यसैगरी दक्षिण अफ्रिकाका बलर एनरीच नोकियाले सर्बाधिक ४ विकेट लिएका थिए। उनले ४ ओभरमा केवल ७ रन दिएर ४ विकेट लिएका थिए।

समूह डी मा रहेको दक्षिण अफ्रिकाले यो जितपछि महत्वपूर्ण २ अंक हासिल गरेको छ। अब दक्षिण अफ्रिकाले अर्को खेल जुन ८ मा नेदरल्याण्डसविरुद्ध खेल्ने छ भने सोहि दिन श्रीलंकाले बंगलादेशको सामना गर्ने छ ।

क्रिकेट विश्वकप अन्तर्गत आज पहिलो खेलमा समुह सी अन्तर्गत अफगानिस्तान र युगान्डाबिचको खेल जारी छ । त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गतको इङल्याण्ड र स्कटल्याण्डबीच हुदै छ । बार्बाडोसस्थित केन्सिंगटन ओभलमा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुँदा आज तेस्रो खेलमा समुह डी अन्तर्गत नेपाल र नेदरल्याण्डसको खेल पनि आजै हुँदै छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्