टी-२० विश्वकप अघिका वार्म अप खेल आजदेखि शुरु हुदै: नेपालले क्यानडाको सामना गर्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ जेष्ठ २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – आईसीसी टी-२० विश्वकप अघिका वार्म अप खेल आजदेखि शुरु हुदै छन् । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ । अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुदै छ ।

नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो ।

- Advertisement -
Ad image

आईसीसीको टी-२० वरियतामा नेपाल १७औं स्थानमा छ भने क्यानडा २३औं स्थानमा रहेको छ । नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्