शीर्ष नेताहरूको बैठकमा कांग्रेसले प्रचण्डलाई सोध्यो: कैलाश सिरोहियालाई किन पक्राउ गरेको ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ जेष्ठ २०८१, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ माग गरेको छ ।

आज बसेको बैठकमा काग्रेसले सिरोहियालाई पक्राउ गरेकोबारे प्रश्न सोधेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । “केही दिन पहिला संसद्मै उभिएर गृहमन्त्री जुन ढंगले प्रस्तुत हुनुभयो,” उनले भने, “जसरी सदनभित्रै रहेका माननीयलाई लाञ्छित गरेर प्रश्न उठाइयो । यो विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै कसले जवाफ दिने हो भनी प्रश्न पनि गरेका छौँ ।”

- Advertisement -
Ad image

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत हिनामिनाको छानबिनबारे नयाँ प्रस्ताव अघि सारेपछि प्रमुख दलका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

सहकारी प्रकरणको छानबिनका लागि बनाइने भनिएको संसदीय छानबिन समितिको टिओआर कार्यदलमा सहमति नजुटेपछि शीर्ष तहमा सहमति खोज्ने प्रयास भएको हो । बैठकमा कांग्रेसको प्रस्तावसहित सत्तापक्षले राख्ने प्रस्तावमा छलफल हुने नेताहरूले बताएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्