आज मिति वि.सं.२०८१ जेठ ०९ गते बुधबार ई.सं.२०२४ मे २२ नेपाल सम्बत ११४४ बछलाथ्व चर्तुदशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, बैशाख शुक्ल चर्तुदशी, चन्द्रमा तुला राशिमा स्वाति नक्षत्र, वरियान योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:११ बजे भयो भने सूर्यास्त साँझ ०६:४९ बजे हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): रोकिएका घरेलु कामकाज बिस्तारै बन्ने समय छ । तथापि, दोधारको अवस्था सिर्जना हुनसक्छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । आत्मीयजनसँग भेटघाट होला । पारिवारिक सहयोग प्राप्त हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सामान्य सताउन सक्छ । प्रेमभाव बढ्नेछ । यात्रा सफल रहनेछ । मान वृद्धिको योग छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, तसर्थ बोली र व्यवहारमा नियन्त्रण राख्नु हितकर होला । प्रयोग गर्दै आएको भौतिक साधनमा खराबी आउन सक्ने योग छ । यसका बाबजुद नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन हुने समय छ । मित्रजनको साथ-सहयोग प्राप्त हुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय शुभदायी छ । नयाँ कामको प्रस्ताव आउनेछ भने विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिने समय छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । बौद्धिक अभिव्यक्तिले नसोचेको अवसर दिलाउन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । मान महत्व बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): पहिलेको सफलताले थप हौसला जगाउने दिन छ । रचनात्मक काम सुरु होला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ भने कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला । आफ्नै बल विवेकले काम बन्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । बौद्धिक जमातलाई आकर्षित गर्ने योग छ । आजको दिन खर्चको मात्रा भने बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ । रसरागमा आकर्षण रहला । नयाँ काममा सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): जटिल काम सम्पादन हुनाले उत्साह बढ्नेछ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । अध्ययनमा प्रगति हुनेछ भने चिताएको कामसम्पादन हुनेछ । पहिलेका कमी–जोरीलाई सुधार्ने मौका मिल्ला । हासविलास, खेलकुद र भ्रमणप्रति आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): व्यस्तता बढ्नेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ । अनुकूलता वृद्धि हुनेछ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । मेहनतले सम्मानित स्थान दिलाउनेछ । नचिताएको ठाउबाट धन आर्जन हुनाले मन हर्षित होला । तथापि, परिवारमा असमझदारी बढ्न सक्छ । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समय अलिक चुनौतीपूर्ण छ । चोरी वा ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा विशेष सजगता अपनाउनु हितकर होला । प्रतिकुलताका बाबजुद सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । रसरागमाआकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउने समय छ । आर्थिक पक्ष सुदृढ होला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । विभिन्न उपहार प्राप्त होला । प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगति होला । आज सहयोगीहरूले पनि राम्रै साथ दिनेछन् र काममा सफलता मिल्नेछ । टाढिएका आफन्तहरू नजिकिनेछन् । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । सन्तानसुख बढ्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइने दिन छ । अनावश्यक दौडधुपमा समय बित्न सक्छ । आजको दिन बोलीको प्रभाव भने बढ्नेछ । बिग्रन लागेको काम बोली र व्यवहारबाटै नियन्त्रणमा राख्न सकिनेछ । आज कतै यात्रा हुन सक्छ, तर अनावश्यक यात्रालाई टार्नु नै बेस होला । मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्तिको योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । भय र भ्रम हट्नेछ छ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्