म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै आर्सनल शीर्षस्थानमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौं – म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै आर्सनल पुनः इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा पुगेको छ। आइतबार राति युनाइटेडको घरेलु मैदानमा भएको खेलमा आर्सनलले १–० को जित दर्ता गरेको हो। जितसँगै आर्सनल पुनः अंक तालिकाको शीर्ष स्थानमा उक्लिएकाे छ।

आर्सनलका लागि लियान्द्रो ट्रोसार्डले गरेको गोल नै निर्णायक बन्यो। खेलको २०औं मिनेटमा काई हाभेट्र्जको पासमा ट्रोसार्डले गोल गरेका थिए। जितसँगै आर्सनलले ३७ खेलबाट ८६ अंक पुर्याएको छ। दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ३६ खेलमा ८५ अंक छ।

- Advertisement -
Ad image

लिगमा आर्सनलले १ खेल खेल्न बाँकी छँदा सिटीले भने दुई खेल खेल्न बाँकी छ। आर्सनलले आगामी साता एभर्टनविरुद्ध खेल्ने तालिका छ।

आर्सनलले उपाधि पक्का गर्न सिटीले एक खेलमा हार भोग्नुपर्ने हुन्छ। सिटीले भने टोटेनहम हट्सपर र वेस्ट ह्याम विरुद्ध खेल्ने तालिका छ। योसँगै लिगको उपाधि छिनोफानो अन्तिम खेलमा हुने भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्