बायर लेभरकुसनलाई पहिलोपटक बुण्डेसलिगाको उपाधि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ बैशाख २०८१, सोमबार
1 Min Read
Aa

काठमाडौँ – बायर लिभरकुसनले यस सिजनको जर्मनी बुण्डेसलिगाको उपाधि जितेको छ ।

गएराती सम्पन्न वेरडेरविरुद्धको खेल ५-० गोल अन्तरले जितेसँगै लिभरकुसनले यो सिजन अपराजित रहदै जितेको हो ।

- Advertisement -
Ad image

लिभरकुसनले लिगका ५ खेलअघि नै उपाधि जितेको छ । २९ खेलमा २५ जित र ४ बराबरी खेलेको लिभरकुसनको ७९ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको बायर्न म्युनिखको ६३ अंक रहेको छ ।

यसअघि पाँच पटक उपविजेता बनेपनि लिभरकुसनले बुण्डेसलिगाको उपाधि जितेको यो पहिलो पटक हो । बुण्डेसलिगाको उपाधि सबैभन्दा बढी भने बायर्न म्युनिखले ३२ पटक जितेको छ । तीन प्रतियोगिताको उपाधि दौडमा रहेको टोलीले जर्मन कपको फाइनल र युरोपा लिगमा क्वाटरफाइनल खेल्दैछ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्