आज महाशिवरात्री: भगवान शिवको पूजा-आराधना गरी मनाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ फाल्गुन २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – आज महाशिवरात्री पर्व भगवान शिवको उपासना गरी मनाइँदैछ। पवित्र पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरमा आज विहानैदेखि भक्तजनको भीड लागेको छ।

महाशिवरात्री भगवान शिव उत्पत्ति भएको दिन र भगवान शिवजी र माता पार्वतीको विवाह भएको दिन समेत हो। हिन्दू धर्ममा यस पर्वको विशेष महत्व रहेको छ।

- Advertisement -
Ad image

महाशिवरात्री आराध्यदेव भगवान शिवको उपासना गरिने हिन्दूहरुको मुख्य चाड हो। देशभरका शिवालयहरुमा हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी यो पर्व मनाइँदै छ।

हिन्दूधर्ममा कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिहरुको विशेष महत्व रहेको छ। आजको दिन उपवास गरी शिवको पूजा आराधान गर्नाले भोग र मोक्ष दुवै प्रप्ति हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

आज देश विदेशबाट आएका शिवभक्तहरुको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि घुइँचो लागेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्