च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आर्सनल पोर्टोसँग पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० फाल्गुन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – इंग्लिस क्लब आर्सनल पोर्चुगिज क्लब पोर्टोसँग पराजित भएको छ । युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा आर्सनल पोर्टोसँग १-० ले पराजित भएको हो ।

बुधबार राति भएको खेलमा इन्जुरी समयमा गरेको एकमात्र गोल निर्णायक बन्यो । इन्जुरी समयको चौंथो मिनेटमा ब्राजिलियन खेलाडी वेन्डर्सन गालेनोले निर्णायक गोल गरेका थिए ।

- Advertisement -
Ad imageAd image

त्यस्तै, अर्को खेलमा स्पेनिस क्लब बार्सिलोना नापोलीसँग १-१ गोलको बराबरीमा रोकिएको छ । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा बार्सिलोनाले ६० औं मिनेटमा रोवर्ट लेवान्डोस्कीको गोलमा अग्रता लिएको थियो। तर ७५ औं मिनेटमा नापोलिका लागि नाइजेरियन खेलाडी भिक्टर ओसिमहेनले बराबरी गोल फर्काएका थिए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्