आज मिति वि.सं.२०८० पुष २९ गते आईतबार ई.सं.२०२४ जनवरी १४ नेपाल सम्बत ११४४ पोहेलाथ्व तृतीया, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष शुक्ल तृतीया, चन्द्रमा कुम्भ राशिमा,धनिष्ठा नक्षत्र व्यतिपात योग । आज नेपालमा सूर्योदय बिहान ०६:५५ बजे भयो भने सूर्यास्त साँझ ०५:२९ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा बिघ्नबाधा उपस्थित हुन सक्ने समय छ । व्यक्तिगत काममा समय र धन खर्च हुने एवम् आर्थिक हानी हुनसक्ने भएकोले विशेष सावधानीका साथ काम गर्नु हितकर होला । रचनात्मकता भने बढ्नेछ । शत्रु परास्त होलान् । सन्तानको सुख प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): गरिरहेको काममा भन्दा नयाँ कार्यतर्फ मन आकर्षित होला । कसैसँग गरिएको बाचा पूरा गर्न समर्थ रहनुहुनेछ । व्यवसायमा सोचे जति फाइदा नहोला । टाढिएका आफन्तको यादले पिरोल्ने योग छ । अन्य कुरामा सुखले साथ दिनेछ । साझेदारीको काम बन्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान निस्कनेछ । रसरागको भाव वृद्धि होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): समय शुभदायी छ । राम्रो आयआर्जन हुनुका साथै केही नयाँ काम गर्नको लागि परिवारजनको सकारात्मक सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्न सकिने छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । नसोचेको ठाउँबाट धन आउने दिन छ । पराक्रम बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । मान पुरस्कार प्राप्तिको योग छ छ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामान्यतया दिन राम्रो छ । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाला । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । मन उल्लसित रहला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनावश्यक वादविवादमा पर्ने योग रहेकोले आजको दिन विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा वादविवाद हुनसक्छ । हातहतियारबाट जोगिन विशेष सावधानी अपनाउनु हितकर होला । खर्चको मात्रा बढ्ने देखिन्छ, भने कसैसंग मनमुटाव हुनसक्छ, सचेत रहनुहोस् । रसरागको भाव वृद्धि होला , पारिवारिक सुख बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन व्यस्तता वृद्धि हुने देखिन्छ । कामहरु अधूरै रहने सम्भावना छ । नयाँ कामको सुरुवात पनि खासै राम्रो छैन । मान-सम्मानमा आघात पर्ने योग रहेकोले सावधानीपूर्वक व्यवहार गर्नुहोला । सोचेको काम नबन्न सक्छ । कार्यमा हैरानी बढ्न सक्ने साय छ । तथापि, श्रमको उचित मूल्यांकन हुनेछ । समस्याको समाधान मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त होला ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): पराक्रम वृद्धि हुने र रसरागमा आकर्षण बढ्ने समय छ । वैवाहिक जीवन सुखद रहला । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्ला, जसले मान-प्रतिष्ठा अभिवृद्धि गराउन मद्दत दिनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घरपरिवारमा राम्रो सम्बन्ध बन्नेछ, दिन मनोरन्जनका साथ बित्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने समय छ । साहित्यिक कार्यमा मन जाला । टाढाको यात्राबाट धनको लाभ पनि हुने योग छ । पे्रममा सुखद मिलनको अनुभव गर्न सक्नुहुनेछ । धनबल र आरोग्यता वृद्धि हुनेछ । कार्यमा सफलता प्राप्त होला । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । स्वास्थ्यले साथ नदिन सक्छ । यात्राका क्रममा होस राख्नु हितकर होला । नसोचेको ठाउमा धनको नाश हुने समय छ । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । आजको दिन योजना र बजेट नबनाइ कुनै पनि कार्यमा हात नहाल्नुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दौडधुप वृद्धि हुने भएपनि आर्थिक लाभ मिल्ने खालको समय छ । मित्रजनबाट समर्थन पनि पाइएला । बुद्धिविवेकले राम्रो काम गर्नेछ । कामहरु आज सजिलैसँग बन्नेछन् । अनायासै ठिक निर्णय हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । अधुरा काम सम्पन्न हुनेछन् । परिवारिक सुख बढ्नेछ । सन्तानको सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ । आयस्रोत बढ्ला ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आत्मविश्वास र पराक्रममा वृद्धि भइ धनलाभ हुने दिन छ । व्यापार व्यवसायमा उन्नति हुनेछ । आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिकलाभले मन हर्षित रहला । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आफूले सोचेभन्दा बढी नै लाभ हुने दिन छ । काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ट रहने छ । सानै प्रयासले रोकिएको काम बन्नेछ । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनुपर्ने देखिन्छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । आम्दानीको स्रोत समेत बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । सुख-सुविधाको वस्तु बढ्नेछन् ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्