आज मिति वि.सं.२०८० पुष २७ गते शुक्रबार ई.सं.२०२४ जनवरी १२ नेपाल सम्बत ११४४ पोहेलाथ्व पारु, नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, पुष शुक्ल प्रतिपदा, चन्द्रमा मकर राशिमा, उत्तरषाढा नक्षत्र, हर्षण योग,बव करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५५ बजे भयो भने सूर्यास्त साँझ ०५: २८ बजे हुनेछ । आज जन्म लिने बच्चा मकर राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): जोखिम वृद्धि हुने तथा दौडधुप बढ्ने समय छ । बढी मिहीनेतले काममा सफलता मिल्ला । बन्न लागेको पनि बिग्रन सक्छ, काममा होस पुऱ्याउनु होला । आजको दिन विशेष योजना गोप्य राख्नु हितकर होला । घरेलु समस्याले सताउन सक्छ । आफन्तको काममा नै आजको दिन बित्न सक्छ । यसका बाबजुद आत्मविश्वासमा भने कमी आउने छैन । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन राम्रो छ । नयाँ योजना सिर्जना हुनेछ भने आम्दानी पनि राम्रै बढ्नेछ । अधुरा काम बनेर मन हर्षित होला । परिश्रम गर्दा अरुको विश्वास जित्न सकिनेछ । पठनपाठनमा प्रगति हुनेछ । रसरागको भाव जागृत हुनेछ । समाजिक कार्यले प्रतिष्ठा दिलाउने योग छ । प्रेमभाव र आरोग्यता बढ्नेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आश मारेको रकम उठ्ने योग परेको दिन छ । भौतिक साधन जुट्नेछन्, मन प्रफुल्ल रहला । प्रेममा सफलता पाउने तथा वैैवाहिक बन्धनको योगसमेत रहेको छ । कामहरु सजिलैसँग बन्नेछन् । रसरागको भाव वृद्धि होला । आरोग्यता बढ्ल । आशा उत्साह बढ्नेछ । प्रयासरत काम बन्ने समय छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): इर्ष्या गर्नेहरू सक्रिय रहनेछन्, आज विशेष सावधान रहनुहोला । गलत विचार बढ्ने समय छ । समयमा निर्णय नहुँदा काममा अवरोध आउन सक्छ । आलश्यताले सताउन सक्छ । तथापि, प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ भने शत्रु परास्त होलान् । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विशेष सभा-समारोहमा सहभागी बन्ने मौका मिल्नेछ । व्यापारमा सफलताले मन रमाउने समय छ । नोकरीमा भने त्यति जाँगर चल्ने छैन । मान सम्मान मिल्ने योग छ । व्यस्तता वृद्धि भएपनि लाभ वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागको भाव वृद्धि हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): उत्साहजनक समय छ । दिन रमाइलो तथा मनोरञ्जनपूर्ण रहने छ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्ला । ठूला व्यक्तिको आशा र भरोसा पनि तपाइंप्रति रहनेछ । बोलीकै भरमा धेरै काम सहज हुनेछन् । पराक्रम र आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ मित्रको आगमनले मन प्रशन्न हुने दिन छ । सोचेका काम बन्नेछन् । धनलाभ होला । आज व्यावसायिक यात्राको पनि सम्भावना छ । सामाजिक कार्यमा मन जाने छ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । सन्तानपक्षले चाहिँ पीडा दिन सक्छन् । यसका बाबजुद ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ भने बोली र व्यक्तित्वको प्रभाव बलियो रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): परिश्रमले लक्ष्य पूरा गर्न सकिने समय छ । राजनीतिमा भएका व्यक्तिले आज केही अप्ठ्यरोको सामना गर्नुपर्ला । स्वास्थ्यको विशेष ख्याल गर्नु हितकर होला । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । कल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): पढाइलेखाइमा राम्रै उन्नति गरेर अगाढि बढ्न सकिने भएकोले दिन राम्रै छ । विभिन्न अवसरले पछ्याउनेछन् । स्वास्थ्य स्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । आय बृद्धि हुनेछ । लगानीका साथै दायित्व बढ्नेछ । साझेदारीको काम बन्नेछ । धनको आगमन भैरहनेछ । मित्रजनको सहयोग समर्थन प्राप्ति हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्ने समय छ । धनलाभ होला । आँटेगरेका काम पूरा भइ धनको लाभ हुन सक्छ, ब्यापारमा पनि सामान्य लाभ हुने देखिन्छ । आरोग्यता बढ्नेछ । रसरागको भाव वृद्धि हुनुका साथै प्रेममा सफलता मिल्नेछ । विजयश्री मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): कर्मबल बढ्नेछ । यात्राको लागि एकदम राम्रो समय रहेको छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । विशेष साथीभाइसँग भेटघाट पनि होला । गरेका कामबाट राम्रै लाभ मिल्नेछ । नौलो स्थानको यात्रा हने योग छ । रोकिएका कामहरु बन्नेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । वार्तामा सफलता मिल्नेछ । मीठो भोजन प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): समय त्यति राम्रो छैन । गलत विचार बढ्नेछ । समयमा सही निर्णय गन सकिँदैन । बाध्यतापूर्ण काममै समय बित्न सक्छ । ब्यापार ब्यवसायमा घाटा बेहोर्नु पर्ला । रोगले साताउला, सोच्दै नसोचेको ठाउँमा खर्च होला, सावधान रहनु हितकर हुनेछ । पराक्रम वृद्धि हुने र रसरागमा आकर्षण रहने योग छ । समस्याको समाधान प्राप्त हुनेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्