आज मिति वि.सं.२०८० पुष ०९ गते सोमबार ई.सं.२०२३ डिसेम्बर २५ नेपाल सम्बत ११४४ थिंलाथ्व चतुर्दशी,नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, मार्ग शुक्ल चतुर्दशी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र,शुभ योग,गर करण । आज नेपालमा सूर्योदय बिहान ०६: ५१ बजे, सूर्यास्त साँझ ०५: १५ बजे हुनेछ । आज जन्म लिने बच्चा बृष राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन मिश्रित फलदायी रहला । अरूको मात्र भरपर्दा काम बिग्रन सक्छ, सचेत रहनुहोला । सुखदुःखमा साथ दिने मित्रजन फेला पर्नेछन् । परिवारिक सहमति नलिइ कुनै पनि महत्वपूर्ण काममा हात नहाल्नुहोला, अन्यथा प्रयास व्यर्थ होला । वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ । भ्रमणमा आदिमा आकर्षण बढ्नेछ । आफन्तसुख प्राप्त होला ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): व्यापार-व्यवसायमा लगानी बढाउन सकिने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । हिम्मतले काम लिन सकिनेछ । बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ । मान महत्व वृद्धिका साथै आफन्तको सहयोग प्राप्त होला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन् । तर, रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । रमाइला ठाउँको भ्रमण गर्ने मौका जुर्न सक्छ । नजिकका साथीभाइ टाढिन सक्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कर्मबल बढ्नेछ तर आजको दिन आम्दानीको तुलनामा खर्च अलिक बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ । अरूको उक्साहटमा नलाग्नु हितकर हुनेछ । अविवेकी निर्णयले अप्ठ्यारोमा पार्नेछ । एकसाथ अनेक काम सुरु गरिए पनि धेरै अधुरै रहलान्, ध्यान दिनुहोला । दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्ध कमजोर बन्ने सम्भावना छ, ध्यान राख्नुहोला ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): लामो समयदेखि रोकिएका काम सम्पादन हुने समय छ । तथापि, अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । नोकरी तथा व्यावसायिक काममा पनि केही चुनौती देखापर्न सक्छ । भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): टाढिएका आफन्तसँग पुनर्मिलन हुने समय भए पनि आजको दिन धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ । आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । मनोकूलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।
२०२४ काे वार्षिक राशिफल: कुन राशिका लागि २०२४ कस्ताे ?
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): अध्ययन-अध्यापनमा मन जाला । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्ने योग छ । आजको दिन वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी सावित हुनेछ । स्वास्थ्यसम्बन्धी केही समस्या देखापर्न सक्छ, सचेत रहनुहोला । सन्तान पक्षबाट प्रशन्नता मिल्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । रसरागको भाव बढ्नेछ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन स्वास्थ्यसम्बन्धी सामान्य समस्याले बाधा दिन सक्छ । आर्थिक पक्षमा उन्नति भए पनि तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । दाजुभाइको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग रहेकोले सावधान रहनुहोला । रसरागमा रुचि बढ्नेछ । केही बाधा भएपनि समयले अन्ततः साथ दिनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आजको दिन स्वास्थ्यसम्बन्धी समस्याबाट जोगिन खानपानमा सजग रहनुपर्नेछ । विभिन्न अवसर प्राप्त भए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पर्न सक्छ । राजनीति गर्नेहरूलाई विशेष सफलता मिल्ने समय छ । मान–सम्मान र पद–प्रतिष्ठा मिल्ने सम्भावना छ । आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ । शुभचिन्तकहरूले साथ दिनेछन् । रसरागमा आकर्षण बढ्नेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): ब्यस्तता बढ्नेछ । विभिन्न अवसरले पछ्याउने समय छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने काममा सहयोगीले राम्रै साथ दिनेछन् । व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ । सामाजिक प्रतिष्ठा पाइनेछ । आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): पराक्रम बढ्नेछ । कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्, तर प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । उद्योग–धन्दामा पनि राम्रै सफलता हात पार्न सकिने योग छ । बुद्धिको उपयोगले सफलता मिल्ने देखिन्छ । रसरागमा आकर्षण रहला ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): आयआर्जनमा कमी आउने सम्भावना छ, तर मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । खर्च वृद्धि होला । मातृ–स्वास्थ्यस्थिति कमजोर बन्नाले चिन्ता बढ्न सक्छ । धनसम्पत्ति वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । सन्तानसुख प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्