आज मिति वि.सं. २०८० पुष ०२ गते सोमबार ई.सं.२०२३ डिसेम्बर १८ नेपाल सम्बत ११४४ थिंलाथ्व षष्ठी,नाम संवत्सर सूर्य दक्षिणायणं हेमन्त ऋतु, मार्ग शुक्ल षष्ठी, चन्द्रमा कुम्भ राशिमा,शतभिषा नक्षत्र,वज्र योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०६: ४८ बजे भयो भने सूर्यास्त साँझ ०५: १२ बजे हुनेछ । आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ ।
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ, तथापि धेरैको भलाइ हुने काम गर्न सकिनेछ । व्यवसायिक काममा कम मात्र फाइदा हुने समय छ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् । आतिथ्यपूर्ण सम्मान पाइएला । विवेकपूर्ण व्यवहारले धेरैको मन लोभ्याउन सकिनेछ । आय वृद्धि हुनेछ । सन्तानसुख मिल्नेछ । रसरागमा आकर्षित हुनुहुनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): कर्मबल बढ्नेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । सुख वृद्धि हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । प्रयासरत काम बन्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): रचनात्मक काम सुरु गर्ने समय छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन हुने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन पनि रमाइलो रहनेछ । अरूको फाइदाका लागि उपयोग हुनुपर्ने योग छ । कर्मबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): जोखिम बढ्ने समय छ । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । व्यवसायमा विशेष लाभ लिने समय छ । पढाइलेखाइमा प्रगति हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): समय राम्रो छ । आरोग्यता र सुख वृद्धि हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । आर्थिक कार्यमा सफलता मिल्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आजको दिन प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने छ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । केही अवसर भने फुत्कन सक्छन, सचेत रहनुहोला । गोपनीयतामा विशेष ध्यान दिनु हितकर रहला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर छ । आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव राम्रै रहला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): परिवारजनसँग आत्मीयता बढ्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । कार्यबोझ वृद्धि भए पनि सकारात्मक काम बन्नेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । तथापि, आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): व्यस्तता बढ्नेछ । आज परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउन सक्छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । अरूको फाइदाका लागि उपयोग भइनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । दैनिक काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग र समर्थन प्राप्त हुनेछ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय भएपनि अरूलाई वचन दिने बानीले दुःख पाइने सम्भावना छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ । तार्किक क्षमता बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । साथ दिनेहरू बढ्नेछन् । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । प्रयासरत काम बन्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । समस्याको समाधान प्राप्त हुनेछ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): उल्लासपूर्ण एवम् फुर्सदिलो समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले प्रशन्नता बढ्ला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । तर, लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
तपाईको दिन शुभ रहोस्


प्रतिक्रिया दिनुहोस्