थुनामा रहेका पूर्व गृहमन्त्री खाँणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ मंसिर २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ ।

उच्च अदालत पाटनले तेस्रो न्यायाधीशसमक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेशी तोकेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।

- Advertisement -
Ad image

खाणसँग धरौटी माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा २ न्यायाधीशको राय बाझिएपछि उनको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेश भएको थियो ।

मंसिर १५ गते शुक्रबार भएको आदेशमा उच्च अदालत पाटनले ९ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाण्डु जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्