बार्सिलोना र पिएसजी पराजित हुँदा सिटी दुई खेल अगावै नकआउट चरणमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ कार्तिक २०८०, बुधबार
2 Min Read
Aa

काठमाण्डौ – युरोपियन च्याम्पियन्स लिग फुटबलमा उपाधि दाबेदार पिएसजी र बार्सिलोना पराजित हुँदा साविक विजेता म्यानचेस्टर सिटीले सहज जित हासिल गरेको छ।

मंगलबार राति भएको खेलमा बार्सिलोना शख्तर डोनेस्कसँग १-० ले पराजित हुँदै च्याम्पियन्स लिगको जारी संस्करणमा नकआउट चरणमा पुग्ने पहिलो टिम बन्ने मौका गुमायो। बार्सिलोनाको यो पहिलो हार हो।

- Advertisement -
Ad imageAd image

समूह ‘एच’ मा रहेको बार्सिलोनाको ४ खेलबाट ९ अंक रहेको छ। बार्सिलोना शीर्ष स्थानमा कायम छ।

समूहमा एफसी पोर्टोले रोयल एन्टरपलाई हराउँदै बार्सिलोना समान ९ अंक बनाएको छ। बार्सिलोनालाई हराएको डोनेस्ककाे ६ अंक रहेको छ। बार्सिलोनाले २८ नोभेम्बर मा पोर्टोसँग बराबरी खेलेमा पनि च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउने छ।

त्यस्तै, पिएसजी भने एसी मिलानसँग पराजित हुन पुग्यो। समूह ‘एफ’ अन्तर्गतको खेलमा एसी मिलानले २-१ ले खेल आफनो पक्षमा पार्‍यो। पिएसजीले ९ औं मिनेटमा नै मिलान स्कृनरको गोलमार्फत अग्रता बनाएको थियो।

तर राफेल लिएओले १२ औं मिनेटमा मिलानलाई खेलमा फर्काए। मिलानका लागि विजयी गोल भने ओलीभर जिराउडले ५० औं मिनेटमा सम्भव बनाएका थिए।

त्यस्तै, मंगलबार नै भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले योङ्ग ब्वोइजलाई ३-० ले पराजित गर्‍याे। अर्लिङ हालान्डले २ गोल गर्दै च्याम्पियन्स लिगमा ३४ खेलमा ३९ गोल पुर्‍याए।

सिटी जितसँगै २ खेल बाँकी रहँदै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउन सफल भयो। सिटीको जितमा हालान्डले २ गोल गर्दा फिल फोडेनले १ गोल गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्