शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ: महासचिव गुटेरेस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ कार्तिक २०८०, सोमबार
2 Min Read
Aa
dxf;lrj u'6]/]; dGtJo /fVg'x'Fb} nlntk'/, !# sflQs . g]kfn e|d0fdf /xg'ePsf ;+o'Qm /fi6«;ª3sf dxf;lrj PG6f]lgof] u'6]/];nfO{ ;f]daf/ nlntk'/ k'Nrf]sl:yt ;+o'Qm /fi6«;ª3 ejgdf ul/Psf] :jfut sfo{qmddf dGtJo /fVg' x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं – नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन्।

ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भने, “नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, सङ्क्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ।”

- Advertisement -
Ad image

सो अवसरमा महासचिव गुटेरेसले नेपाललाई आर्थिक-सामाजिक र हरेक क्षेत्रमा सवल र सफल राष्ट्र बनाउन काठमाडाैंस्थित राष्ट्रसंघीय कार्यालयका कर्मचारीलाई आग्रह गरे। उनले नेपाली जनतालाई केन्द्रमा राखेर आर्थिक-सामाजिक विकास गर्दै दिगो विकासका लक्ष्य पूरा गर्न सम्भव छ भन्ने दृढताका साथ सहयोग गर्न आग्रह गरेका हुन्।

शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाने, जलवायु परिवर्तनका प्रतिकूल असरबाट प्रभावित समुदायलाई पुनःस्थापित गर्न र नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकका स्तरोन्नति गर्ने प्रक्रियाका विषयलाई प्राथमिकतामा राखेर आफ्नो नेपाल भ्रमण भएको महासचिव गुटेरेसले स्पष्ट पारे। उनले सङ्क्रमणकालीन न्यायलाई टुंगाेमा लाँदा पीडितलाई केन्द्रका राख्नुपर्ने स्मरण गराए।

महासचिव गुटेरेसले विश्वमा कार्बन उत्सर्जनमा कुनै भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको मार नेपालले खेपेका र हिमशृङ्खला पग्लन थालेकामा चिन्ता गर्दै यसको असर नेपाल र समग्र विश्वलाई पर्ने भएकाले त्यस गम्भीरतालाई मनन् गरेर काम गर्नुपर्ने बताए।

नेपालस्थित राष्ट्रसंघीय कार्यालयका आवासीय संयोजक हाना सिंगरले राष्ट्रसंघको मान्यता र तोकिएका कार्यका आधारमा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गराउन र दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण सहयोग जारी रहने स्पष्ट गरे। संवैधानिक हकको कार्यान्वयन र समतामूलक समावेशी विकासका लागि आफूहरूले नेपाललाई निरन्तर साथ रहने उनको भनाइ थियो।

कार्यक्रममा गायिका आनी छोइङ डोल्माले शान्तिभावका गीत प्रस्तुत गरेका थिए भने समारोहपश्चात् महासचिव गुटेरेसले राष्ट्रसंघ भवन परिसरमा वृक्षरोपण गरेका थिए। चारदिने भ्रमणमा लागि महासचिव गुटेरेसले यही कात्तिक १२ गते नेपाल आएका हुन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्