कार्तिक ०१ गते बुधबारको तपाईको दैनिक राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ कार्तिक २०८०, बुधबार
5 Min Read
Aa
Statue of Pathibhara Devi at Pathibhara Devi Temple, Taplejung, Nepal

श्री शाके १९४५ वि. सं. २०८० कार्तिक ०१ गते बुधबार । इश्वी सन २०२३ अक्टोवर १८ तारीख । आश्विनशूक्ल दुर्गा पक्ष चतुर्थी तिथी अनुराधा नक्षत्र आयुष्मान योग वणिज करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा सौम्य योग पिङ्गल नाम संवत्सर सुर्य दक्षिणायन शरद ऋृतु कार्तिकसंक्रान्ती – ज्यो.प.सरोज घिमिरे

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परिस्थिति केही असहज रहने समय छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। कमजाेर नतिजा सच्याउन केही काम दोहोर्याउनुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम गर्न सकिनेछ। वादविवादमा अघि नसर्नुहाेला। सावधानीले नै सम्भावित समस्या टर्न सक्छ।

- Advertisement -
Ad imageAd image

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामकाे सफलताले हौसला जगाउनेछ। व्यापार बढ्नेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साेखले भौतिक साधन जुटाउन प्रेरणा प्राप्त हुनेछ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): यसअघि रोकिएकाे काम प्रारम्भ गर्न सकिनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। योजनाअनुसार समयमै काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन्। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। पेसा–व्यवसायमा फाइदा हुनेछ। आस मारेको नतिजासमेत सकारात्मक हुनेछ। यात्राकाे प्रक्रिया अघि बढ्ने समय छ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। अध्ययनमा समय दिन नसकिएला। अरूका काममा चासो लिँदा झमेला बेहाेर्नुपर्ला। तापनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तर, फाइदा मात्र हेर्दा नाम बिग्रन सक्छ। बलजफ्तीले काम बिग्रन सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखारता आउनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। रमाइलाे यात्रा हुनेछ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउन सक्छ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): समयमा होस नपुग्नाले केही रकम बाहिरिनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला। खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ। वैदेशिक रोजगारीमा हुनेहरूलाई भने फाइदै हुनेछ। किनमेलमा भने अधिक खर्च हुन सक्छ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। मनग्य नाफा कमाउन सकिनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ। सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन्। प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न समय प्रतीक्षा गर्नुहोला। अस्वस्थताका बाबजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

तपाईको दिन शुभ रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्