सर्वदलीय बैठक: नेपालीको उद्धार र मृतकको शव छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ आश्विन २०८०, सोमबार
1 Min Read
Aa
सिंहदरबारमा सोमबार बसेको सर्वदलीय बैठकमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत बिभिन्न दलका शिर्ष नेताहरु । तस्बिरः प्रदीपराज वन्त / रासस

काठमाडौं – संसद्मा प्रतिनिधित्व गर्ने दलहरुले इजरायल घटनाका विषयमा सबै दलहरु एक रहेर सहकार्य गर्ने निष्कर्ष निकालेका छन् । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा बसेको सर्वदलीय बैठकले दुःखको समयमा सत्तापक्ष, प्रतिपक्ष नभइकन नेपाली जनताको साझा दुःखमा एकैठाउँमा उभिएर सहकार्य गर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले इजरायल घटनापछि नेपालीको अवस्था बुझ्ने काम भएको सुरक्षित स्थानमा लैजान काम सुरु भइसकेको र स्वदेश आउन चाहने नागरिकका लागि आवश्यक तयारी गरिएको जानकारी गराएका थिए ।

- Advertisement -
Ad image

त्यस्तै विभिन्न दलका नेताहरुले नेपाली नागरिकको उद्धार र मृतकको शव छिटो भन्दा छिटो ल्याउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । बैठकपछि माओवादी केन्द्रका नेता हितराज पाण्डले बैठकमा प्रधानमन्त्रीले सरकारले गरेको निर्णयका बारेमा जानकारी गराएको बताए । उनले प्रभावकारी रुपमा नेपालीहरुको उद्दारको व्यवस्था गर्न सरकारलाई दलहरुले सुझाव दिएको जानकारी दिए ।

कांग्रेस नेता रमेश लेखकले जोखिममा रहेका नेपालीहरुलाई सुरक्षित ठाउमा राख्न सरकारले पहलकमदी गर्ने र मृत्युवरण गरेकाको शव छिटो देशभित्र झिकाएर परिवारलाई बुझाउने काम गर्न आग्रह गरिएको बताए । त्यस्तै एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार सन्तुलन ढंगले प्रस्तुत भएर उद्दारका काम गर्न सुझाव दिएको बताए ।

बैठकमा दलका प्रतिनिधिहरुले सरकारले गरेका निर्णयको कार्यान्वयनमा जोड दिनुपर्ने र आधिकारीक स्थानबाट सहि सुचना प्रवाह गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्