लुटोन टाउनमाथि १० खेलाडीमा सीमित टोटनह्यामको साँघुरो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८०, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – लुटोन टाउनमाथि साघुँरो जित निकाल्दै दश खेलाडीमा रहेको टोटनह्याम हटस्पर इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा पहिलो हाफको अन्त्यमा १० खेलाडीमा समेटिएको टोटनह्यामले आफ्नो अपराजित यात्रालाई कायम राख्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको हो। टोटनह्यामले लुटोन टाउनमाथि १–० को साघुँरो जित निकालेको छ। पहिलो हाफको अन्त्यमा यवेस बिसौमा दोहोरो पँहेलो कार्ड खादै मैदान छाडेपछि टोटनह्याम १० खेलाडीमा समेटिएको थियो।

- Advertisement -
Ad imageAd image

खेलको ५२ औं मिनेटमा मिकी भान डे भेनले गरेको गोल नै निर्णायक बन्यो। जेम्स म्याडिसनको पासमा भेनले क्लबका लागि पहिलो गोल गरेका हुन्। गोलपछि डच डिफेन्डर भान डे भेनले आफुले निर्णायक गोल गर्न पाउनु अद्भुत अनुभुति भएको प्रतिक्रिया दिए।

जितसँगै टोटनह्यामले ८ खेलबाट २० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। पराजित लुटोन समान खेलबाट ४ अंकमा १७ औं स्थानमा छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्