बजेट संशोधन नहुने अर्थमन्त्री महतको घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ असार २०८०, मंगलवार
1 Min Read
Aa

सत्तारुढ दल भित्रैबाट चर्को आलोचना भईरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमा कुनै संशोधन नहुने बताएका छन् । आगामी आर्थिक वर्ष २०८०,०८१ को बजेट संशोधन नभइकन पास हुने उनले दाबी गरे । सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संशोधन नगरिकनै बजेट असार १३ गते पास हुने बताए।

बजेटको विरोध गर्ने सांसदहरुले आफूले मागेअनुसारको नआएका कारण मात्रै गरेको उनको आरोप छ । डा. महतले भने, ‘बजेट पास हुन्छ त्यसमा दुई मत नै छैन। थोरै साधन श्रोत, आवश्यकता धेरै यो आजको वास्तविकता हो। आजको सम्भावित श्रोत साधनलाई मध्यनजर गरेर नै बजेट ल्याएको हो। हाम्रो सम्भावित श्रोतलाई मध्यनजर राखेर कति खर्च गर्न सकिन्छ भन्ने हो। अहिले आएको बजेट पुर्याउन पनि धेरै मेहनत गर्नुपर्छ। आवश्यकता अनुसार भएन भनेर विभिन्न किसिमबाट अभिव्यक्ति दिइरहनुभएको छ, यसरी नभनिदिएको भए हुन्थ्यो भन्ने एउटा कुरा हो।’

- Advertisement -
Ad imageAd image

उनले थपे, ‘तर उहाँहरुले थोरै साधन श्रोतभित्र रहेर मैले गर्नसक्ने गरेको छु। उहाँहरुले आवश्यकता सबै पूर्ति भएन भन्नुभएको हो। बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन्। आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन। पहिला नै धेरै सुझाव लिइसकेर बजेट ल्याएका हौँ। विधि भित्र रहेर काम गर्नेछौँ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्