काठमाडौं – धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कविराज श्रेष्ठ विजयी भएका छन् ।
बुधबार भएको निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेवि) का श्रेष्ठले ३६५ मत प्राप्त गरे । अध्यक्षका उमेदवार अनेरास्ववियुका आमोश थापा तामाङले १६० मत ल्याए भने अनेरास्ववियु (क्रान्तिकारी) १२७ मत प्राप्त गरे । नीलकण्ठमा पूरै प्यानल नै नेविसंघका उमेदवारहरू विजयी भएका छन् ।
सचिवमा राजन अधिकारी, कोषाध्यक्षमा सीता सापकोटा निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा प्रमिला पाठक, रोजिना शाक्य, भवानी भट्टराई, डिलमान तामाङ, सन्तोष सारुमगर, सन्तोष ढुंगाना, सुमनबाबु खनाल विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस्