बर्दिवास – महोत्तरीको गौशाला बजारमा एक मोबाइल पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
शनिवार राति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलागी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन्।
- Advertisement -
इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार पसलभित्र जडान गरिएको विद्युत्को तार सर्ट भएर आगलागी भएको खबर पाउने बित्तिकै पाए लगतै घटनास्थलमा प्रहरी पुगेर आगोलाई नियन्त्रणमा लिएको थियो । क्षतिको थप विवरण संकलन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्