छुवाछूत गर्ने गाउँपालिका अध्यक्षलाई कारबाही गर्न माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – संयुक्त दलित मोर्चा सिरहाले दलित समुदायलाई अपमानित हुने व्यवहार गरेका भगवानपुर गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाही गर्न माग गरेको छ ।

मोर्चाले आज सिरहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाउँदै जातीय छुवाछूत गरेका गाउँपालिका अध्यक्ष यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

- Advertisement -
Ad imageAd image
‘भोजमा प्लेकार्ड नै टाँसेर गैरदलित, मुस्लिम र दलित निम्तालुलाई अलगअलग खाने ठाउँ छुट्याएर जातीय भेदभाव तथा छुवाछूतको पराकाष्ठा नाघेको छ’, मोर्चाका सचिव रविनकुमार महराद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘यसरी दलित समुदायलाई अपमानित हुने व्यवहार गर्ने गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवलाई कानूनबमोजिम हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’

भोजमा पूर्वमन्त्री, बहालवाला प्रदेशमन्त्री, संघीय तथा प्रदेश सांसद, जिल्लाका प्रमुख प्रशासकहरू जस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सहभागिताले झन् जातीय विभेदलाई संस्थागत गरेको मोर्चाको ठहर छ ।

दलितहरुमाथि भएको जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल कानूनी दायरामा ल्याएर कारबाही नगरे दलित समुदाय सशक्त आन्दालेनमा उत्रिने पनि मोर्चाले ज्ञानपनपत्रमार्फत चेतावनी दिएको छ ।

यता प्रमुख जिल्ला अधिकारी खतिवडाले ज्ञापन पत्र आएको र कानूनी प्रक्रिया अनुसार अगाडी बढ्ने बताए । उनले भने, ‘आज मोर्चाले ज्ञापनपत्र बुझाएको छ, अव सम्बन्धित निकाय मार्फत कानूनी प्रक्रिया अगाडी बढ्छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्