प्राधिकरणले रोक्यो श्री एयरलाइन्सको सबै उडान

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ फाल्गुन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – श्री एयरलाइन्सको जहाजको इन्जिन सुरक्षा जाँच गरेपछि मात्रै उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निर्देशन दिएको छ । क्यानले उक्त एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान नगर्न निर्देशन दिएको हो ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राविधिक जाँचपछि मात्रै उडान गर्न दिने निर्णय गरिएको बताए । उनले विगतमा श्री एयरलाइन्सका प्राविधिकले सुरक्षा जाँच गर्दा प्राविधिक त्रुटि पाइएकाले अब क्यानको जाँचपछि मात्रै जहाज उडान गर्न दिने निर्णय भएको जनाएका छन।

- Advertisement -
Ad image
‘क्यानका प्राविधिकले जहाजको इन्जिन जाँच गरेर ठिक छ भने मात्र उडान भर्न पाउँछन्, विगतमा श्रीकै प्राविधिकले जाँच गरेपछि उडान भर्ने गरेकाले समस्या देखियो । बिहीबारको घटनापछि जहाज निलम्बनमा छ’, प्रवक्ता निरौलाले भने । प्राधिकरणको यो निर्णयपछि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार क्यानले ढिलो निर्णय दिएकाले यात्रुलाई समयमै खबर गर्न नपाउँदा मर्कामा परेका बताए । आजका लागि १४ उडान निर्धारण गरिएकामा हालसम्म तीन उडान रद्द भइसकेका छन् । प्राविधिक जाँचपछि दिउँसोसम्म बाँकी उडान भर्ने सम्भावना रहेको उनले बताए ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्