विश्वकप लिग-२: नेपालले आज पीएनजीसँग खेल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ फाल्गुन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ ।

कीर्तिपुरमा रहेको टियु मैदानमा आयोजना हुने खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ । आईसीसी विश्व कप क्रिकेट लिग-२ को यो अन्तिम शृङ्खला हो ।

- Advertisement -
Ad imageAd image
विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका चार खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ ।

घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एक दिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपाल पराजित भएका थियो । यस खेलमा भने नेपाललाई जित अति आवश्यक रहेको छ ।

नेपाल र पीएनजीले यस अघि धेरै पटक खेलेका छन् । नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक टियु मैदानमा एक दिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ । पीएनजीले नेपाली भूमिमा शतप्रतिशत जितको नतिजा निकालेको छ ।

पीएनजीसँग समग्रमा ८ एक दिवसीय अन्तराष्ट्रिय खेलेकोमा ६ खेल नेपालले जित्दा २ खेलमा भने पीएनजी विजयी भएको छ । पछिल्लो पाँच भेटमा नेपाल तीन तथा पीएनजी दुई खेलमा विजयी भएको छ ।

मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९)मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ ९चैत २० मा यूएईसँग खेल्नेछ ।

नेपाल सात देश सम्मिलित विश्वकप लिग टूमा ३२ खेलमा ३२ अङ्क जोडेर पाँचौँ स्थानमा रहेको छ । पपुवा न्युगिनि ३२ खेलमा ९ अङ्क जोडेर अङ्क तालिकाको पुछारमा रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्