प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २५ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइ हुनेछ । रिट अदालतको जुन कुनै न्यायाधीशको एकल इजलासमा सुनुवाइका लागि पर्न सक्छ ।

अदालतमा न्यायाधीशहरुले गोलाप्रथामार्फत मुद्दा छान्ने हुँदा कसको इजलासमा मुद्दाको सुनुवाइ हुन्छ भन्ने बिहान साढे १० बजे पछि जानकारी हुनेछ ।

- Advertisement -
Ad image
सोमबार प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले दुई भिन्न रिट दायर गरेका थिए । निवेदकहरुले प्रचण्डद्वारा २०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित एक कार्यक्रममा द्वन्द्वकालमा भएका १७ हजार हत्या मध्ये ५ हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्तिलाई मध्यनजर गर्दै उनीविरुद्ध ती हत्याको अभियोजन दायर भई अदालतबाटै निरुपण हुनु पर्ने माग गरेका छन् ।

रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ । प्रारम्भिक सुनुवाइमा निवेदक तर्फबाट बहस हुन्छ । विपक्षी प्रत्यर्थीले प्रारम्भिक सुनुवाइमै सरिक हुनका लासग निवेदन दिएमा प्रत्यर्थी समेतले बहस गर्न पाउँछन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्