आर्थिक समृद्धि हासिल गर्न एकजुट हुनुपर्छ: माधव नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्ने कार्यदिशामा सबै राजनीतिक दल एकताबद्ध हुनुपर्ने बताएका छन् ।

फागु पर्वका अवसरमा शुभकामना सन्देश जारी गरी उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्दै आर्थिक समृद्धि र राजनीतिक उपलब्धिको रक्षाका लागि एकजुट हुनुपर्ने बताएका छन् ।

- Advertisement -
Ad image
मुलुकमा विविध जाति, समुदायका फरक–फरक पर्व र संस्कृतिले राष्ट्रलाई सांस्कृतिक रूपमा सम्पन्न बनाएको उल्लेख गर्दै उनले यसको संरक्षणबाट नेपाली समाजलाई एकताबद्ध गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सबै समुदायका चाडपर्वले सम्पूर्ण नेपालीबीच एकापसमा सद्भाव कायम गर्ने हुँदा त्यसको महत्त्व र विशेषतालाई प्रवद्र्धनका लागि उनले जोड दिएका छन् ।

अध्यक्ष नेपालले जनताको सात दशक लामो संघर्षले प्राप्त भएका राजनीतिक प्रणालीविरुद्ध भइरहेका गतिविधिप्रति चनाखो हुनुपर्ने बताएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्