आईसीसी विश्वकप लिग-२: यूएईसँग अन्तिम खेल खेल्दै नेपाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज नेपालले यूएईको सामना गर्दैछ।

दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली यूएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ।

- Advertisement -
Ad imageAd image
नेपाल र यूएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औं खेल हुनेछ। आजको खेलमा यूएईविरुद्ध जित हात पारे नेपाल लिग-२ को पाँचौ स्थानमा उक्लिने छ।

सिरिजको तेस्रो खेलमा आइतबार यूएई पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सीमित हुनु परेको थियो।

अंक तालिका अनुसार यूएई पाँचौ तथा नेपाल चौथो स्थानमा रहेका छन्। आजको खेलमा जित हात पारे नेपाल ३२ अंकसहित पाँचौ स्थानमा उक्लिनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्