काठमाडौँ – राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर आठ दलले आयोजना गर्न लागेको संयुक्त भेला स्थगित भएको छ।
बिहीबार हुने राष्ट्रपति चुनावका लागि बुधबार सत्ता पक्षीय आठ दलले संघीय संसद र प्रदेशसभा सदस्यको संयुक्त भेला आयोजना गरेको थियो।
औपचारिक भेला स्थगित भए पनि दलहरूले आफ्ना सांसदलाई अनौपचारिक रूपमा प्रशिक्षित भने गर्नेछन्।
राष्ट्रपति चुनावका लागि संघीय संसद र प्रदेशसभा सदस्य रहेको निर्वाचक मण्डल रहने संवैधानिक व्यवस्था छ।
बिहीबार हुने चुनावका लागि काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमतलगायत आठ दलको तर्फबाट पौडेललाई अघि सारेको छ। एमालेले सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।


प्रतिक्रिया दिनुहोस्