राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित: प्रकाशमान सिंह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ फाल्गुन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित निश्चित भएको दाबी गरेका छन् ।

बिहीबार (आज) बिहान काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

- Advertisement -
Ad imageAd image
उनले भने, ‘राजनीति ठिकै दिशामा गइरहेको छ । राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित देखिन्छ ।’

अहिलेको आठ दलीय समीकरण जनताको म्यान्डेट भएको नेता सिंहको भनाइ थियो । उनले भने, ‘अहिले जनमतअनुरूपको राजनीतिक परिस्थिति निर्माण भएको छ। अब आठ दलीय गठबन्धनको समझदारीअनुरूप मुलुक अगाडि बढ्छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्