काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएका छन् । उनी बुधबार साँझ भारतको भ्रमण सकेर फर्किएका हुन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) गृहमन्त्रीस्तरीय प्रथम बैठकमा सहभागी हुन भारतको नयाँ दिल्ली पुगेका थिए ।
स्वदेश फर्किने क्रममा गृहमन्त्री गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत शैलीको विशिष्ट व्यक्ति (भीआईपी) कक्ष प्रयोग नगरी सर्वसाधारण कक्षबाटै बाहिरिएका थिए । गृह मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार यो भ्रमण क्षेत्रीय सुरक्षा र द्विपक्षीय हितका दृष्टिकोणले फलदायी रहेको छ।
सो क्रममा उनले भारतीय समकक्षी अमित शाह र भारतीय विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटवार्तामा उनीरूबीच दुई देशका साझा सुरक्षा चासोका विषयमा समन्वय र सहकार्य सुदृढ गर्ने बारेमा विचार विमर्श भएको गृह मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्