मध्यराति नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा ११ घण्टापछि रिहा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ आश्विन २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौं – काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट मध्यराति बिनापुर्जी नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आईतबार दिउँसो रिहा भएका छन्। शनिबार राति करिब २ बजे प्रहरी नियन्त्रणमा परेका जबरालाई ११ घण्टाभन्दा बढी समय टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेपछि प्रहरीले उनकै छोराको जिम्मा लगाएर रिहा गरेको हो।

प्रहरीले जबरालाई कुनै अभियोगमा पक्राउ नगरिएको बरु सुरक्षा चुनौतीका कारण ‘सुरक्षित राखिएको’ दाबी गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार, भौतिक आक्रमण हुन सक्ने विशेष सूचनाका आधारमा उनलाई कार्यालय ल्याइएको र अहिले परिवारको जिम्मा लगाइएको हो।

- Advertisement -
Ad image

मानव अधिकार आयोगलाई गेटमै रोकियो
यसैबीच, पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिइएको खबर सार्वजनिक भएपछि उनको अवस्था बुझ्न टेकु पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले गेटमै करिब एक घण्टा रोकेको थियो। आयोगले पूर्वप्रधानन्यायाधीश जस्तो संवेदनशील पदमा रहेका व्यक्तिलाई बिनापुर्जी मध्यराति नियन्त्रणमा लिनु र संवैधानिक निकायको टोलीलाई भेट्न नदिनु मानव अधिकारको ठाडो उल्लंघन भएको भन्दै दोषी प्रहरी अधिकारीमाथि कारबाहीको माग गरेको छ।

मध्यराति भएको यो धरपकड र बिनापुर्जी नियन्त्रणमा राख्ने प्रहरीको कदमलाई लिएर कानुनी क्षेत्र तथा राजनीतिक वृत्तमा तीव्र आलोचना र विरोध सुरु भएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्