चितवन – नारायणी नदीमा बाढीले बगाएर ल्याएको क्रुजसिप (मिनी पानीजहाज) पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नारायणी पुलमा आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। अचानक पुल बन्द हुँदा हजारौँ यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्।
बाढीका कारण नियन्त्रण बाहिर गएको क्रुजसिप बगेर नारायणी पुलको पिलरमा अड्किएपछि ठूलो दुर्घटना हुन सक्ने खतरालाई ध्यानमा राख्दै प्रशासनले पुलबाट हुने गाडी तथा पैदलयात्रुको आवतजावत रोकेको हो।
अचानक बाटो बन्द भएपछि काठमाडौंसहित देशका विभिन्न भागबाट भरतपुर हुँदै पश्चिम/पूर्वी गन्तव्यतर्फ हिँडेका यात्रुहरू अलपत्र परेका छन्। हाल भरतपुरतर्फको नारायणगढ र नवलपुरतर्फको गैँडाकोट दुवैतर्फ सवारीसाधनको लामो लाइन लागेको छ। पुल क्षेत्रमा यात्रु र घट्नाक्रम हेर्न आउने सर्वसाधारणको ठूलो भिड छ।
अड्किएको क्रुजसिपलाई सुरक्षित रूपमा हटाउने र पुलको वस्तुस्थिति अध्ययन गरी आवागमन पुनः सञ्चालन गर्ने प्रयास भइरहेको सुरक्षा निकायले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्