संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री बालेन शाह न्यूयोर्कमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०८३, बुधबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री बालेन शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका उडेका प्रधानमन्त्री शाह नेपाली समय अनुसार बुधबार साँझ न्यूयोर्क पुगेका हुन् ।

उनी मंगलबार कतार एयरलाइन्समार्फत अमेरिका प्रस्थान गरेका थिए । कतारको राजधानी दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट भई उनी न्यूयोर्क पुगेका हुन् ।

- Advertisement -
Ad image

उनले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले मुख्यगरी जलवायु परिवर्तनको मुद्दा उठाउने अपेक्षा गरिएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्