माथिल्लो त्रिशूली-१ को सुरुङबाट १३ शव निकालियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०८३, शुक्रबार
0 Min Read
Aa

काठमाडौं – भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका व्यक्तिहरूको खोजीका क्रममा आज कुल १३ शव फेला परेका छन्।

आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट–३ सुरुङभित्र ढलानका लागि बुनिएको फलामे डन्डीको जालीमा अल्झिएको अवस्थामा ती शव फेला पारेको हो।

- Advertisement -
Ad image

उद्धार टोलीले काट्ने उपकरण तथा उद्धार प्रविधिको प्रयोग गरी सुरुङबाट शव बाहिर निकालेको जनाएको छ। सुरुङभित्र खोजी कार्य जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्