मन्त्रिपरिषद्को निर्णय: १३ देशका लागि राजदूत नियुक्त, भारतमा पाण्डे र चीनमा शर्मा सिफारिस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ आश्विन २०८३, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – सरकारले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायत, जर्मनी, भारत, अमेरिका र चीनसहित १३ देशका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको हो।

- Advertisement -
Ad image

सरकारले गरेको निर्णयअनुसार बेलायतका लागि गौरव राणा, जर्मनीका लागि सरु जोशी, भारतका लागि निश्चलनाथ पाण्डे, अमेरिकाका लागि चिरनजंग थापा र चीनका लागि कल्याण शर्मालाई राजदूत नियुक्त गरिएको छ।

सरकारले अन्य देशका लागि नियुक्त भएका राजदूतहरूको नाम केही बेरमा सार्वजनिक गर्ने तयारी गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्