नेपाली कांगेसको महाधिवेशन रोक्न माग गरिएका दुई रिट सर्वोच्चद्वारा दरपीठ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा पेस गरिएका दुईवटा रिट दरपीठ भएका छन्।

सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा दुवै पक्षले सार्वजनिक गरेका महाधिवेशनका कार्यतालिका रोक्न माग गर्दै अधिवक्ता मणिराम उपाध्यायले सोमबार दर्ताका लागि सर्वोच्चमा रिट पेस गरेका थिए।

- Advertisement -
Ad image

कांग्रेसको आधिकारिकता र महाधिवेशनसम्बन्धी विवाद पहिले नै सर्वोच्चको पूर्ण इजलासमा विचाराधीन रहेकाले नयाँ रिट दरपीठ गरिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए।

नेपाली कांगेसको संस्थापन पक्षले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशनको मिति तोकेको छ भने देउवा पक्षले मङ्भीर २१ देखि २३ गतेसम्मका लागि महाधिवेशनको समय निर्धारण गरेको छ।

यसअघि पनि देउवा र पूर्णबहादुर खड्काका तर्फबाट महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै पूरक रिट पेस भएको थियो। तर, सर्वोच्च अदालतले उक्त रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि दुवै पक्षले महाधिवेशनको तयारी अगाडि बढाएका थिए। सोही तयारीविरुद्ध अधिवक्ता उपाध्यायले पुनः नयाँ रिट पेस गरेका थिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्