भोटेकोशी बाढी प्रभावितको पुनःस्थापनामा स्रोतको कमी हुन दिइँदैन: प्रधानमन्त्री बालेन शाह

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २९ भाद्र २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको पुनःस्थापनाका लागि आवश्यक स्रोतसाधनको कमी हुन नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा विपद् संकटग्रस्त क्षेत्रका स्थानीय जनप्रतिनिधिहरूसँग भएको विशेष छलफलका क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

प्रधानमन्त्री शाहले सरकारसँग उपलब्ध आन्तरिक स्रोत तथा दातृ निकायबाट प्राप्त हुने सहयोगलाई प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा अधिकतम परिचालन गरिने स्पष्ट पार्दै बाढी प्रभावित नदी तटीय क्षेत्रहरू उच्च जोखिममा रहेकाले अब सोही स्थानमा पुनः बस्ती बसाउन सम्भव नभएको भन्दै उनले प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा र स्वास्थ्यलाई ध्यानमा राखेर सुरक्षित स्थानमा वैज्ञानिक ढंगले नयाँ बस्ती विकास गरिने भन्दै यसका लागि उपयुक्त जग्गा पहिचान गरी सङ्घ सरकारलाई सिफारिस गर्न उनले स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरे।

- Advertisement -
Ad image

छलफलमा प्रधानमन्त्रीले बाढीका कारण विच्छेद भएको सडक सञ्जाल जतिसक्दो चाँडो पुनःस्थापना गर्न सरकारले निरन्तर काम गरिरहेको जानकारी दिंदै विपद्को यस घडीमा सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय हुनु सकारात्मक रहेको भन्दै यसले स्थानीयको मनोबल उच्च राख्न सहयोग पुगेको उल्लेख गरे। उक्त बैठकमा विभिन्न मन्त्रीहरूका साथै नुवाकोट, रसुवा, धादिङ, तनहुँ र गोरखाका स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्