भोटेकोशी बाढीको वितण्डा: १३ सय बढीको मृत्यु, ९८ को मात्रै सनाखत, झण्डै ५ हजार अझै बेपत्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०८३, आईतवार
1 Min Read
Aa

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्का कारण हालसम्म १,३४२ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आईतबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्रै पहिचान (सनाखत) हुन सकेको छ।

बाढी र पहिरोका कारण अहिलेसम्म ४,९९६ जना व्यक्ति सम्पर्कविहीन रहेका छन्। बेपत्ता भएकाहरूको खोजीका लागि उद्धार टोलीहरू त्रिशूली–३ ए, त्रिशूली–३ बी, रसुवागढी, लाङटाङ र चिलिमे लगायतका जलविद्युत् आयोजनाका सुरुङभित्र समेत परिचालन गरिएका छन्।

- Advertisement -
Ad image

प्राधिकरणका अनुसार, संकटको यस घडीमा सुरक्षाकर्मी र उद्धार टोलीले सक्रियतापूर्वक काम गरिरहेका छन्। हालसम्म १३,३९१ जनाको सुरक्षित उद्धार गरिएको छ भने विपद्मा परी घाइते भएका ६,०८३ जनाको उपचार भइरहेको छ। प्रभावित क्षेत्रहरूमा राहत र खोजी कार्यलाई अझ तीव्र पारिएको सरकारले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्