दक्षिण कोरियाका विदेशमन्त्री नेपालमा, बाढी प्रभावित क्षेत्रमा जाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० भाद्र २०८३, शनिबार
1 Min Read
Aa

काठमाडौं – दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन नेपाल आइपुगेका छन् । उनी तीनदिने औपचारिक भ्रमणका क्रममा शनिबार अपराह्न नेपाल आइपुगेका हुन् ।

भोटेकोसी नदीमा आएको बाढीपछि बेपत्ता भएका आफ्ना नागरिकको खोज तथा अन्यको उद्धारमा नेपालसँग सहकार्य र सहयोगका विषयमा छलफल गर्न दक्षिण कोरियाली विदेशमन्त्री चो नेपाल आएका हुन् ।

- Advertisement -
Ad image

उनले आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग भेटवार्ता गरी भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार प्रयासमा दक्षिण कोरियाले गर्न सक्ने सहयोगबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

तीनदिने नेपाल भ्रमणका क्रममा सोमबारसम्म चोले नेपाली विदेशमन्त्री खनालसँग वार्ता गर्ने तथा बेपत्ता भएका कोरियाली नागरिकका परिवारसँग भेट गर्नेछन् ।

बाढीमा रसुवा जिल्लामा कार्यरत ९ जना दक्षिण कोरियाली नागरिक बेपत्ता छन् । उनीहरूमध्ये डुसान एनर्बिलिटीका ६ जना र कोरिया साउथ–इस्ट पावरका ३ जना छन् । उनीहरू सबै जलविद्युत् आयोजना निर्माणस्थलमा काम गरिरहेका थिए ।

यसैगरी, चोले विपद् प्रभावित क्षेत्रमा खटिएको कोरिया डिजास्टर रिलिफ टिम (केडीआरटी) लाई हौसला प्रदान गर्ने तथा आफ्नै स्तरमा खोजी कार्य गरिरहेका सम्बन्धित कम्पनीका प्रतिनिधिहरूसँग घटनास्थलमै पुगेर हौसला दिने दिनेछन् ।

कोरियाली टोलीले नेपाली सुरक्षाकर्मी तथा सम्बन्धित कम्पनीका उद्धार टोलीसँग सहकार्य गर्दै हेलिकोप्टर, ड्रोन, खोजी कुकुर, थर्मल इमेजिङसहितका अत्याधुनिक उपकरण प्रयोग गरेर बाढीमा हराइरहेका खोजी गरिरहेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्