भदौ १९ गते शुक्रबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०८३, शुक्रबार
7 Min Read
Aa

आज मिति वि.सं.२०८३ साल भाद्र १९ गते । शुक्रबार । इस्वी सन् २०२६ सेप्टेम्बर ४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्षको अष्टमी तिथि । श्री कृष्णजन्माष्टमी । मोहरात्री । अष्टमीव्रत । गोरखकालीपूजा । मन्वादि । दूर्वाअष्टमी । आज बिहान ५ बजेर ४४ मिनेटमा काठमाडौँ उपत्यकामा झुल्किएको घाम बेलुकी ६ बजेर १९ मिनेटमा अस्ताउनेछ । अहिले बिहान १० बजेर २७ मिनेटदेखि अपरान्ह १२ बजेर १ मिनेटसम्म राहुकाल रहने हुनाले कुनै शुभकार्य नगर्नुहुन अनुरोध छ ।

आजको राशिफल

- Advertisement -
Ad image

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– मान-प्रतिष्ठा कमाउने समय छ । कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । सन्तानपक्ष एवम् अनुयायीले प्रशन्नता दिलाउनेछन् । प्रेमभाव र आरोग्यबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– आजको दिन केही बाध्यतापूर्ण कामको बोझ पर्नसक्छ । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । सामान्य विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनु हितकर होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने देखिन्छ । तथापि, पराक्रममा कमी आउनेछैन । रोकिएको काम मिहनिेतले बन्नेछ । आरोग्यता रहला । प्रतिष्पर्धीले हार खानेछन् ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– महत्वाकांक्षी योजना फलीभूत हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । गोपनीयतामा विशेष ध्यान दिनसके महत्वपूर्ण काम सम्पन्न हुनसक्छ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । व्यस्तता बढेपनि रसरागात्मक क्रियाकलाापमा आकर्षण बढ्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने देखिन्छ । नयाँ जिम्मेवारी हातपर्ने सम्भावना छ । सुख वृद्धिका साथै मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– मिश्रित फलदायी समय छ । चुनौतीहरूसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ । तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति होला । प्रतिभाको कदर हुनेछ । रमाइलो भ्रमणमा सरिक होइएला । वौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– सुखदानुभूतिले पछ्याउने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ । लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्ने देखिन्छ । पारिवारिक आवश्यकता पूर्ति होला । स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । अप्ठ्यारो परिस्थितिमा आफन्तको साथ मिल्नेछ । सुख सुविधाको वस्तुमा खर्च बढ्न सक्छ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आजको दिन अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिने सम्भावना छ, हातमा आएको प्रतिफल गुम्न सक्छ । धैर्यसाथ सावधानी अपनाएर काम लिने प्रयत्न गर्नुहोला । यात्राको व्यवस्थापनमा खर्च बढ्ने देखिन्छ । अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला, तथापि आत्मविश्वासमा कमी आउनेछैन । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– केही चुनौतीहरू देखिनेछन्, तर चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । सामान्य आम्दानी भइरहला । नियमित व्यवसायमा फाइदा नै हुनेछ । यात्रामा भने धनमाल हराउने योग छ, सावधानी अपनाउनुहोला । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आफन्तको साथ र पारिवारिक समस्याको समाधान मिल्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– वौद्धिकताका साथ पराक्रम बढ्ने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । दाम्पत्यसम्बन्धमा केही चिसोपन आउन सक्छ, पतिपत्नीमा अविश्वास बढ्ने देखिन्छ । व्यवहारमा सरलता अपनाउनु हितकर हुनेछ । व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ । जोखिम बढेपनि भूमि तथा मातृधनबाट लाभ उठाउन चाहे सफलता मिल्नेछ । ब्यस्तता बढ्ला । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ, ध्यान राख्नुहोला । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):– दिन सामान्य तथा सहज नै रहला । नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ भने धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा हासिल हुने देखिन्छ । गरी आएका काम र व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । तर, शोख पूरा गर्नमा आज केही खर्च बढ्ला । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । यात्रागत कार्य सार्थक रहला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– स्वअधिकारको सुरक्षा गर्न केही कसरतमा जुट्नुपर्ने भएपनि आजको दिन समुदायको हकहितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । प्रतिष्पर्धी पछि पर्नेछन् । आरोग्यबल बढ्नेछ । मुद्दा–मामिलामा विजयी भइएला । प्रेमको बन्धन कसिने योग छ । सुख बढ्नेछ । आफन्तजनको साथले कार्यगति बढ्नेछ ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्