भदौ १७ गते बुधबारको तपाईको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ भाद्र २०८३, बुधबार
7 Min Read
Aa

आज मिति वि.सं.२०८३ साल भाद्र १७ गते । बुधबार । इस्वी सन् २०२६ सेप्टेम्बर २ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्षको षष्ठी तिथी । आज बिहान ५ बजेर ४३ मिनेटमा काठमाडौँ उपत्यकामा झुल्किएको घाम बेलुकी ६ बजेर २२ मिनेटमा अस्ताउनेछ । आज मध्यान्न १२ बजेर २ मिनेटदेखि अपरान्ह १ बजेर ३७ मिनेटसम्म राहुकाल रहने हुनाले कुनैपनि शुभकार्य नगर्नुहुन अनुरोध छ ।

 

- Advertisement -
Ad image

आजको राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):– स्वास्थ्यमा कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । तापनि काममा सफलता मिल्नेछ । अप्रिय समाचारलाई उपेक्षा गर्ने प्रयत्न गर्नुहोला, अन्यथा मनमा खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि आज खासै ध्यान दिन नसकिएला । व्यापार–व्यवसायमा त्यत्ति फाइदा नहोला, तर प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):– विभिन्न अवसर पाइने समय छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । तर, इष्र्यालुजनले खुट्टा तान्ने प्रयास गर्नसक्ने योग छ, जसले गर्दा सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । तथापि, नसोचेको फाइदा उठाउन सकिनेछ । प्रेमको बन्धन कसिने बेला छ । आफन्तको साथ मिल्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह):– दिन उत्साहवद्र्धक एवम् मनोरञ्जनपूर्ण रहला । प्रगतिको दर बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्ने र यात्रावरक काम बन्नेछ । पितृधन समेत लाभ हुने देखिन्छ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । परिवारिक सुखले उत्साह जागृत गर्नेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):– अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने र काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला, चुनौतीको सामना गर्नपर्ला । सहयोगीले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस् । व्यापार तथा उद्योगतर्फ जोखिम बढेपनि फाइदाको योग छ । निकट मित्रजनको सहयोग प्राप्तिले सुख बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):– आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति हुन सक्छ, तर जिम्मेवारी भने बढिरहनेछन् । आम्दानी बढ्ने र कुनै कामविशेषबाट लाभ मिल्ने समय छ । तथापि, सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्छ, सजग रहनुहोला । लेनदेनमा विवाद आउने योग छ, सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला । साहसिक काममा आकर्षण बढ्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):– आजको दिन बाध्यतापूर्ण काममै समय बित्न सक्छ । तथापि, प्रयास गर्दा रोकिएका कतिपय कार्य बन्नेछन् । केही मात्रामा खर्च बढ्ने देखिन्छ । नियमित कार्यमा आलस्य जाग्नसक्छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि-चौपायाबाट विशेष लाभ मिल्नेछ । अरूको भर पर्दा धोकामा परिएला, सचेत रहनुहोला । मिठो भोजन प्राप्त हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते):– आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने योग छ । विगतका कमी–कमजोरीलाई सुधार गर्न मौका जुर्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । दामपत्यसुख तथा प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । सवारी साधनको प्रयोगमा आज विशेष सजगता अपनाउनु उचित होला ।

वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु):– भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । मातापिता र आफन्तको सहयोगले विशेष लाभ उठाउन सकिनेछ । तर, परिवारजनको भरणपोषणमा खर्च बढ्नाले उत्साहमा कमी आउला । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):– सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । धार्मिक तथा परोपकार जन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । रोकिएका कामसमेत सम्पादन हुन सक्छन् । नयाँ जिम्मेवारी हात पार्ने मौका जुर्ला । धैर्यले काम लिने प्रयास गर्नुहोला । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्ने देखिन्छ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृद्धि हुनेछ । आफन्तसुख बढ्नेछ । कुनै कामको लागि यात्रा गर्दै हुनुहन्छ भने सार्थक रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):– सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ, तर सहयोगीहरूले हात झिक्नाले केही समस्या निम्तने देखिन्छ, सजग रही व्यवहार गर्नुहोला । व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । आर्जित धन तत्काल खर्च हुनसक्छ, ध्यान राख्नुहोला । नियमकानूनले साथ दिनाले शत्रुलाई जित्ने सामथ्र्य बढ्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द):–मिश्रित फलदायी दिन छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीयभाव बढ्नेछ । छरछमेकमा भने केही असमझदारी बढ्न सक्छ, सचेत रही व्यवहार गर्नुहोला । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । आयस्रोत बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । खेलकूदसम्बन्धी गतिविधिमा आकर्षण बढ्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):– सानातिना कार्य तथा घरेलु समस्यामा अल्झनुपर्ने समय भएपनि श्रमको उचित मूल्यांकन हुनेछ । पढाइलेखाइमा प्रगति होला । सामाजिक कामको दायित्व बढ्नेछ । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सजग रहनुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रा सुखद रहला ।

राशिफलमा जे जस्तो उल्लेख भएपनि तपाईको आजको दिन सुखद रहोस्

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्