हेटौँडा-काठमाडौँ सडकमा एकतर्फी यातायात संचालनमा: साना र ठूला सवारीलाई फरक रुट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ भाद्र २०८३, मंगलवार
1 Min Read
Aa

हेटौँडा – हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि स्थानीय प्रशासनले साना तथा ठूला यात्रुवाहक सवारीका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार १४ सिटभन्दा कम क्षमताका साना सवारीसाधन काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट प्रयोग गर्नुपर्नेछ। काठमाडौँबाट हेटौँडा फर्किंदा भने फर्पिङ-फाखेल–कुलेखानी–भीमफेदीको बाटो प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

- Advertisement -
Ad image

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएर यातायात अवरुद्ध भएपछि हेटौँडा भएर उपत्यका भित्रिने र बाहिरिने सवारीको चाप ह्वात्तै बढेको हो।

मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनका लागि पनि नयाँ रुट तय गरिएको छ। जसअनुसार ठूला सवारी काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति लोकपथ (राजमार्ग) प्रयोग गर्नुपर्नेछ।

सवारीको चाप बढेका कारण हुने भीषण जाम र यात्रुले व्यहोर्नुपरेको सास्ती कम गर्न यो वैकल्पिक व्यवस्था लागू गरिएको प्रशासनले जनाएको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्