काठमाडौँ – तीन दिने निजी भ्रमणका लागि शुक्रबार काठमाडौँबाट बाहिरिएका प्रधानमन्त्री बालेन शाह आज (सोमबार) सङ्घीय राजधानी फर्कँदैछन्।
गण्डकी प्रदेशको भ्रमणमा रहेका प्रधानमन्त्री शाहको यो भ्रमण नितान्त पारिवारिक तथा निजी रहेको स्रोतले जनाएको छ। निजी भ्रमण भएकाले यस क्रममा उनले कुनै पनि औपचारिक वा राजनीतिक कार्यक्रममा सहभागिता जनाएनन्।
भ्रमण तालिका अनुसार, शुक्रबार सडक मार्ग हुँदै पोखरा पुगेका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ प्रस्थान गरेका थिए। उनले शनिबार अपराह्न प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरको दर्शन तथा विशेष पूजाअर्चना गरेका थिए। मुक्तिनाथको दर्शनपछि उनी आइतबार मुस्ताङबाट फर्किएर पुनः पोखरामा बास बसेका थिए।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्री शाह आज सोमबार पोखराबाट काठमाडौँका लागि प्रस्थान गर्ने कार्यतालिका रहेको छ।


प्रतिक्रिया दिनुहोस्