प्रधानमन्त्री बालेन शाह शुक्रबार मुस्ताङ जाँदै, पोखरा हुँदै प्रस्थान गर्ने कार्यतालिका तय

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ भाद्र २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री बालेन शाह भोलि शुक्रबार पोखरा हुँदै हिमाली जिल्ला मुस्ताङको भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनी भोलि बिहानै मुस्ताङका लागि प्रस्थान गर्ने कार्यतालिका तय भएको हो ।

प्रधानमन्त्री शाह काठमाडौंबाट पोखरा पुग्ने र त्यहाँबाट मुस्ताङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

- Advertisement -
Ad image

प्रधानमन्त्रीको यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मुस्ताङको उत्तरी क्षेत्रमा लामो समयदेखि चर्चामा रहेको जग्गाको नापी तथा दर्ता प्रक्रिया, स्थानीय वस्तुस्थिति र गण्डकी प्रदेश अन्तर्गतका समसामयिक विकास योजनाहरूको स्थलगत अनुगमन गर्ने मुख्य उद्देश्य रहेको छ ।

यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्रीबीच भएका विकास केन्द्रित छलफलहरूलाई यो भ्रमणले थप गति दिने विश्वास गरिएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भ्रमणको आवश्यक आन्तरिक तयारी र सुरक्षा समन्वय पूरा भइसकेको छ । मुस्ताङ बसाइका क्रममा प्रधानमन्त्री शाहले त्यहाँका स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूसँग भेटघाट गरी क्षेत्रको समग्र सुरक्षा र विकास निर्माणको अवस्थाबारे ब्रिफिङ लिने कार्यक्रम समेत रहेको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्