प्रहरी किशोर श्रेष्ठलाई फेरि पक्रन चाहन्थ्यो, अदालतले रोक्यो !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०८३, मंगलवार
1 Min Read
Aa

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई पुनः पक्राउ गर्ने प्रहरीको प्रयासमा तत्कालका लागि अदालतले रोक लगाएको छ । ललितपुर जिल्ला अदालतले श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको हो ।

उपसभामुख रुवीकुमारी ठाकुरले आफ्नो चरित्र हत्या गरेको भन्दै सोमबार प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन् । सोही जाहेरीलाई आधार बनाएर ललितपुर प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिन अदालतसँग अनुमति मागेको थियो ।

- Advertisement -
Ad image

तर, अदालतले प्रहरीको मागअनुसार पक्राउ अनुमति नदिएपछि श्रेष्ठलाई तत्काल पक्राउ गर्ने बाटो खुलेन ।

श्रेष्ठले पनि आफूविरुद्ध हुन सक्ने थप धरपकड रोक्न अदालत गएका छन् । उनले मंगलबार उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दर्ता गर्दै आफूलाई पक्राउ नगर्न तथा आफ्ना सञ्चार उपकरणसमेत बरामद नगर्न आदेश माग गरेका छन् ।

फरक आरोपमा पक्राउ परेका श्रेष्ठ सोमबार मात्र सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका थिए । सर्वोच्चको आदेशबाट रिहा भएकै दिन उनीविरुद्ध उपसभामुख ठाकुरले जाहेरी दिएकी थिइन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्