आजको मौसम: देशभर वर्षाको सम्भावना, ६ प्रदेशमा ‘भारी’ र ‘धेरै भारी’ वर्षाको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २ भाद्र २०८३, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा मौसममा उल्लेख्य बदलाव आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले देशका अधिकांश भू-भागमा मौसमी गतिविधि निकै सक्रिय बनेको हो।

महाशाखाका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा (Heavy Rain) को सम्भावना रहेको छ। यस्तै, यी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षा (Very Heavy Rain) को समेत प्रक्षेपण गरिएको छ। दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

- Advertisement -
Ad image
आज राति पनि मौसममा सुधार हुने देखिँदैन। देशभर आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा रातिको समयमा पनि हल्कादेखि मध्यम वर्षाको क्रम जारी रहने महाशाखाले जनाएको छ।
भारी र धेरै भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो र डुबानको जोखिम उच्च रहने भएकाले महाशाखाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। वर्षाका कारण यातायात, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने तथा पहाडी भू-भागमा सडक अवरोध र पहिरोको जोखिम रहेकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्