पत्रकार किशोर श्रेष्ठलाई हाजिरी जमानीमा रिहा गर्ने सर्वाेच्चको आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ भाद्र २०८३, सोमबार
1 Min Read
Aa

काठमाडौँ – सर्वाेच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई हिरासतमै राखेर मुद्दाको अनुसन्धान गर्नुपर्ने विद्यमानता नरहेकाले हाजिरी जमानीमा रिहा गरेर मुद्दाको अनुसन्धान गर्न प्रहरीलाई परमादेश दिएको छ ।

प्रहरीले वैयक्तिक गोपनीयता विरुद्धको कसूरमा अनुसन्धान गर्न पाउने भए पनि हिरासतमै राख्नुपर्ने अवस्था नरहेको अदालतको ठहर छ ।

- Advertisement -
Ad image

पत्रकार किशोर श्रेष्ठको तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले दायर गरेको रिटमा सर्वाेच्चका न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले परमादेश जारी गरेको छ । परमादेशमा बन्दीप्रत्यक्षीकरणको रिट जारी नहुने भए पनि पत्रकार श्रेष्ठलाई रिहा गर्न परमादेश भएको छ । रिटमा काठमाडौँ जिल्ला अदालत र जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँलाई विपक्षी बनाइएको थियो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्