स्वदेश फर्किएपछि देउवाको आक्रोश: ‘राजा ज्ञानेन्द्रले त सकेन, अरुले सक्छ यहाँ ?’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ श्रावण २०८३, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले स्वदेश फर्किएलगत्तै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् ।

स्वदेश फर्किएपछि कांग्रेस संस्थापनइतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा वर्तमान सरकारले आफूमाथि छानबिनका नाममा बदमासी गर्न खोजेको आरोप लगाउँदै उनले आक्रोशित हुँदै भने, ‘राजा ज्ञानेन्द्रले त सकेन, अरुले सक्छ यहाँ ?’

- Advertisement -
Ad image

उनले भने, ‘ऐतिहासिक कालखण्डदेखि नै मुद्दा खेपेको व्यक्ति हुँ म । हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको शाही आयोगले पनि मलाई मुद्दा लगाएर थुनेकै हो । सर्वोच्च अदालतको फैसला भएर मुद्दा जितेकै हो । शाही शासन अन्त्य गरेर गणतन्त्र ल्याउन मैले चाहेर मात्रै हुने थिएन, मैले गर्न सक्ने थिएन, नेपाली जनताले नै आन्दोलन गरेर ल्याएको गणतन्त्र हो । राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ ?’

अदालतप्रति पूर्ण विश्वास रहेको उनले बताए । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा प्रदर्शनकारीले देउवाको बूढानीलकण्ठस्थित घर जलाइदिएपछि खरानीमा पैसा जलेको भन्दै सरकारले छानबिन गरेको थियो ।

देउवा दम्पतीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ भने प्रहरीले देउवा दम्पतीविरुद्ध इन्टरपोलमार्फत ‘रेड नोटिस’ जारी गर्न पटक–पटक प्रयास गरे पनि सफल हुन सकेको थिएन ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्