नेपाल फर्कन लागेका देउवा एयरपाेर्टबाटै पक्राउ पर्लान् ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ श्रावण २०८३, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पाँच महिनापछि स्वदेश फर्कने भएका छन् । जेनजी आन्दाेलनमा हमलामा परेका उनी स्वास्थ्य उपचारका लागि भन्दै २१ फागुनको निर्वाचनमा मतदानसमेत नगरी सिंगापुर गएका थिए । देउवा २६ साउनमा फर्किन लागेका हुन् । उनलाई यसअघि नै सरकारले रेड कर्नर नाेटिस जारी गरेर नेपाल ल्याउन खाेजेकाे थियाे ।

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले संयुक्त रूपमा अनुसन्धान सुरु गरेको थियो । त्यसपछि नै देउवा दम्पतीको विदेश बसाइ लम्बिएको स्राेतकाे दावी छ ।

- Advertisement -
Ad image

सरकारले २४ चैतमा देउवा दम्पतीमाथि पक्राउ पुर्जी जारी गरेको थियो । नेपालबाहिर रहेकाले नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत रेड कर्नर नोटिस जारी गर्न पत्राचार गरिएको थियो । तर, इन्टरपोलले देउवा दम्पतीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्कार गरेको थियो ।

पक्राउ पुर्जीविरुद्ध देउवा दम्पतीले आफ्ना वारेसमार्फत दायर गरेको रिटमा सर्वोच्च अदालतले उनीहरूलाई पक्राउ नगर्न र नगराउन अन्तरिम आदेशसमेत जारी गरेको छ ।

तर पनि उनी नेपाल झर्नेवित्तिकै पक्राउ पर्ने अनुमान गरिएकाे छ । यसअघि देउवाले नेपाल फर्कन लागेकाे जानकारी दिदा समेत आफु पक्राउ पर्नसक्ने शंका व्यक्त गरेका थिए । देउवा दम्पतीले विभागलाई २८ असारमा पत्र पठाई आफूहरू नभागेको, निर्दोष रहेको र साउन २८ भित्रै नेपाल फर्केर अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

देउवा निकट कांग्रेस नेता प्रकाशशरण महतले देउवा २६ साउनको साँझ काठमाडौं आइपुग्ने बताए । देउवा पक्षले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गरेको छ । सोही प्रतिबद्धताअनुसार देउवा नेपाल फर्किन लागेको उनी निकट नेताहरुले बताएका छन् ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्